जनताप्रति उत्तरदायी हुन निजामती कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरुलाई उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी हुन सुझाव दिएका छन् । निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कर्मचारीलाई असल शासन ब्यावहारिक अनुभूति प्रदान गरेका छन् ।

उनले विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ विषम परिस्थितिलाई सामना गर्न जीवन जोखिममा राखी अग्रभागमा खटिएका कर्मचारीप्रति आभार प्रकट गरेको छन् ।

नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदाान प्रशंसायोग्य रहेको भन्दै उनले तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं सकारात्मक र प्रशंसायोग्य रहेको बताएका छन् ।

आज देशमा लोकतन्त्र छ लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको संघीय लोकतान्त्रिक सगणतन्त्रात्मक प्रणाली छ ।

अव हामी जो जहाँ छौं, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पानुए छ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन् यतिबोला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकतावद्ध हुँदै सुशाुन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ ।

यसका लागि आफ्नो दक्षता अभिबृद्धि गर्न देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन समेत जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्