
काठमाडौं । द्वन्व्व कलाकार सुरेश सिंह पुजारीको निधन भएको छ । निर्मातासमेत रहेका उनको शनिबार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष लामाले पुजारीको निधन भएको जानकारी दिए ।
घरमा अचानक बेहोस भएर ढलेपछि उनलाई परिवारका सदस्यले अस्पताल लगेका थिए । ५४ वर्षको उमेरमा निधन भएका उनको आइतबार टेकुस्थित एक गुठीमा अन्तिम दाहसंस्कार गरिएको छ । उनले थुप्रै चलचित्रकमा द्वनद्व कलाकारको भूमिका निर्वाह गरेका छन् ।