काठमाडौं । गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गोरखा नगरपालिका ७६ वर्षीय ती महिला शनिबार अस्पताल भर्ना भएकी थिइन् । आईसीयूमा उपचारकै क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अस्पतालका अनुसार ब्रेनह्यामरेज भई मृत्यु भएको हो ।
मृत्युपछिभ शनिबार नै उनको स्वाब संकलन गरी पीसीआर गरिएकोमा रिपोर्ट पोजेटिभ आएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीले बताइन् । यससँगै गण्डकी प्रदेशमा कोरानाले मृत्यु हुनेको संख्या १९ पुगेको छ ।





