नारा एउटा, काम अर्कै



काठमाडौं । प्रत्येक वर्ष २२ भदौमा मनाइने ‘निजामती सेवा दिवस’का लागि सरकार चिटिक्क परेको ‘कस्मेटिक’ नारा तय गर्छ । काम भने अर्कै हुने गरेको छ ।

२०७७ को नारा ‘स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ तय गरिएको छ । यो नारा राजनीतिक नभई प्रशासनिक नेतृत्वबाट तय गरिँदै आएको छ । आफैंद्वारा तय नारा व्यवहारमा उतार्न भने प्रशासक असफल देखिएका छन् ।

दिवस मनाउन थालिएको १७ वर्ष भयो । यस अवधिमा सरकारले सेवाप्रवाह, सुशासन र समृद्धिका नारा लगाउन भने छोडेको छैन । सेवाप्रवाह झनै कमजोर हुँदै गइरहेको छ । ‘सुशासन’ नारामै सीमित छ । ‘सेवाप्रवाह र सुशासन’ हात्तीको देखाउने ‘दाँतजस्तै बनिदिँदा समृद्धि यात्रा झनै टाढिँदै’ गएको प्रशासनका जानकारको विश्लेषण छ ।

सुशासनको नारा लगाउन नथाक्ने निजामती प्रशासनमा आबद्ध सयौं कर्मचारी बर्सेनि ‘घुस प्रकरण’मा पक्राउ परिरहेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्