मस्जिदमा आगलागी हुदाँ १२ जनाको मृत्यु, कयौँ भए घाइते



बंगलादेशमा रहेको एक मस्जिदमा आगलागी हुदाँ १२ जनाको ज्यान गएको छ भने धेरै घाइते भएका छन् ।

एयर कन्डिसनरबाट भएको आगलागीमा परेर धेरैको अवस्था गम्भिर भएको छ ।

घाइतेमध्ये अधिकांश वृद्ध उमेरका रहेको जानकारी प्राप्त छ ।

अधिकारीहरुले ग्यास चुहावतको कारण भुई तलामा रहेको सवै आठ वटा एयर कन्डीसनरमा आगलागी भएको बताएका छन् । घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरु प्रार्थना गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्