सभापति देउवाको पछिल्ला निर्णयविरुद्ध पौडेल समूहले बोलायो भर्चुअल बैठक



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णयविरुद्ध शनिबार रणनीति बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे समूहले आफूनिकट केन्द्रीय सदस्यको भर्चुअल बैठक बोलाएको नेता अर्जुनरसिँह केसीले जानकारी दिए ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण र तस्रो भातृ संस्थाको कार्यकाल थपलगायतका विषयमा दबाब दिन छलफल केन्द्रित हुने उनले जानकारी दिए । सभापति देउवाले विभागमा मनोनयन नरोकेपछि पौडेल पक्ष एक्सन मा उत्रिन खोजेको छ ।

सभापति देउवाले बुधबार र बिहीबार सूचना सञ्चार तथा प्रचार र शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्य गरी बनेको छ । पौडेल समूहले सभापतिका निर्णय फिर्ताका लागि आजको बैठकबाट दबाबका कार्यक्रम तय गर्नेछ ।

निर्णय खारेज गर्न सशक्त प्रतिरोधमा उत्रिनुपर्ने आवाज पौडेल समूहमा उठेको छ । पौडेल समूहले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिएर अनशन र सत्याग्रहमा बस्नेसम्मको रणनीति बनाइरहेको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्