
ललितपुरस्थित अल्का अस्पतामा सरसफाई गर्ने कर्मचारी गीता केसीको शव गोदावरी नगरपालिका–१० मुलडोल स्थित सामुदायिक बनमा फेला परेको छ ।
अचानक सम्पर्कबिहिन भएपछि गीतको परिवारले प्रहरीमा उजुरी दिएको थियो । भैसेपाटी बस्दै आएकी ३९ बर्षिया गीतला केहीदिन देखि हराइरहेकी थिइन् ।
गएराति गोदावरीको मुख्य सड्कबाट २ सय मिटर भित्र शव फेला परेको थियो । शनिवार बिहान आफन्तले उनको सनाखत गरेका छन् । गीताको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।
गीताको हत्या भएको आंशका प्रहरीको रहेको छ ।





