सिरहाको मिर्चैयाबाट अवैध अतियारसहित ३ जना पक्राउ



सिरहा । प्रहरील सिरहाको मिर्चैया नगरपालिकाबाट एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शुक्रबार राति चेकजाँच गर्ने क्रममा मोटरसाइकल सवार दुई युवकालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता बिनोद घिमिरेका अनुसार पक्राउ पर्नेमा मिर्चेया नगरापालिका-६ बस्ने १९ वर्षीय अजय शर्मा र मिर्चैया-५ बस्ने १९ वर्षकै ज्ञानु कुमार मण्डल रहेका छन् ।

पक्राउ परेकासँग सोधपुछ गर्दा मिर्चैया-५ का किराना व्यवसायी ३९ वर्षीय रमेश साहलाई पनि पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्