मोटरसाइकल चलाइरहेको बेला पछाडीबाट छुराले हानेर आफ्नै साथीको हत्या



झापामा हालैमात्र डरलाग्दो घटना घटेको छ । मनकुमार लिम्बु नाम गरेका युवकले गोमन सिंह मगर नाम गरेको युवकको घाटी रेटेर हत्या गरिदिएका छन् ।

हाल लिम्बु प्रहरीको कब्जामा छन् । वास्तवमा यी दुई एकअर्काका साथी हुन् । कुरा भदौ १६ को हो । लिम्बुले गोमनलाई भेट्न बोलाएका थिए । त्यसपछि दुवैजना हावा खान भनेर अलि पर गए । गोमनले बाइक चलाइरहेका थिए भने मनकुमार पछाडी बसेका थिए ।

त्यहिबेला पछाडीबाट घाटी रेटेर मनकुमारले गोमनको हत्या गरिदिए । घाटी रेटेपछि गोमन बाइकबाट लडे । त्यसपछि मनकुमारले कसैले नदेख्ने गरी बाइक अलि पर लगे । त्यसपछि जगंलमा पुर्याएर फेरि २ पटक उनको घाँटी रेटे । प्रहरीका सामु लिम्बुले आफ्नो गल्ती स्वीकारिसकेका छन् । तर किन उनले गोमनको हत्या गरे त्यो भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्