
काठमाडौं । बुढानिलकण्ठ-११ ले संचारकर्मीहरुको कोरोना विमा गर्ने भएको छ । जोखिमपूर्ण अवस्थामा दिनरात नभनी स्थलमा पुगेर जनताको सूचना प्रवाहमा निरन्तर खटेर जनतालाई सुचना प्रदान गरिरहेका संचारकर्मीहरुको जोखिमलाई मध्यनजरमा राखी, उर्जा प्रदान गर्दै उनीहरुको सत्कर्मको प्रोत्साहन गर्नका लागि सो निर्णय गरिएको वडा अध्यक्ष राजु अधिकारीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।
उक्त सेवा प्राप्त गर्नका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा बसोवास गर्ने संचारकर्मीहरुले वडा कार्यालयमा सम्पर्क राख्न सक्नेछन ।





