कोभिड-१९ को रोकथाम नियन्त्रणलाई प्रभावकारी बनाउन प्रतिनिधीहरुबीच छलफल सम्पन्न



काठमाडौं । शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगत कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठित उप-समितिको बैठक उपसमितिका संयोजक माननीय जीवनराम श्रेष्ठको संयोजकत्वमा स्वस्थ्य सेवा विभाग टेकुका महानिर्देशक डा.दिपेन्द्र रमन सिंह संग छलफल सम्पन्न भएको छ ।

छलफलमा सरकारले कोभिड-१९ को रोकथाम नियन्त्रण र उपचारको कार्यलाई थप व्यवस्थित गरि प्रभावकारी कार्यान्वयन गर्ने बारे विस्तृत छलफल भएको छ । आजको उपसमितिको बैठकमा छलफलका लागि स्वस्थ्य सेवा विभाग टेकुका महार्निदेशक डा.वासुदेव पाण्डे र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा.रुना झा, भाइरस विशेषज्ञाहरु डा.महेश मास्के, डा.सुजन वावु मरहठ्ठा, डा. शारद वन्त, डा. अनुप सुवेदी, डा.वासुदेव उपाध्याय आर्युवेदिक तथा वैकल्पिक चिकित्सा हुनु हुन्थ्यो भने उधोग वाणिज्य महासंघको तर्फबाट प्रतिनिधीको रुपमा उपाध्यक्ष उमेश लाल श्रेष्ठको उपस्थिती रहेको थियो ।

बैठकमा उपसमितिका माननीय सदस्यहरु-अन्जना विशखे, एकलाल मियाँ, सरिता न्यौपाने र शान्त कुमार चौधरी, समितिका सचिव पुश्प प्रकास खनाल र कर्मचारीहरु अमित कुमार यादव, नारायन श्रेष्ठको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्