मृत अवस्थामा फेला



काठमाडौं । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकस्थित घरको पहिलो तल्लाको प्यासेजमा भारत राजस्थान घर भई सोही घरमा डेरा गरी बस्ने ४० वर्षीय नन्दन किशोर शर्मा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली, फिक्कल गाउँपालिका-४ जितुखोलाको दोभानस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

दोलखा, बिगु गाउँपालिका-४ स्थित सेतो पहरा भन्ने जंगलमा सोही गाउँपालिका नाङपोलगाउं बस्ने ४६ वर्षीय हिरा बहादुर तामाङ बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहानदेखि घरमा कोही कसैलाई नसोधी हिँडेकोमा घर फर्की नआएपछि खोजी् गर्नेक्रममा बायाँ हातको पाखुरामा भरुवा बन्दुकको छर्राले छेडेको अवस्थामा उनको शव फेला परेको हो ।

साथै घटनास्थलबाट १ थान एकनाले भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको छ । घटनामा शंकास्पद सोही ठाउँ बस्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, बुढिगंगा गाउँपालिका-३ स्थित ओम चौबिरो ईण्डस्ट्रिज प्रालिको शौचालयभित्र भारत घर भएका ४० वर्षीय बिनय यादब बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्