तास खेलिरहेको अवस्थामा पक्राउ



काठमाडौं । स्याङ्जा, वालिङ नगरपालिका-८ कटौजेस्थित ३१ वर्षीय बिबेक तिवारीले संचालन गरेको प्रसाद होटलमा तास खेलिरहेको अवस्थामा तिवारी लगायत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले नगद १ लाख ६६ हजार ८ सय ६९ रुपैयाँ र २ सय ९४ पत्ती तास सहित उनीहरूलाई पक्राउ गरेको हो ।

बाजुरा, बडिमालिका नगरपालिका-९ मार्तडीस्थित गौमुल गाउँपालिका-५ बस्ने धन बहादुर रोकायाको होटल हिलटपमा तास खेलिरहेको अवस्थामा रोकाया लगायत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले १ गड्डी तास र नगद २७ हजार २ सय रुपैयाँ सहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्