
बारा । बारागढी गाउँपालिका-२ बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगद सहित रौतहट बिन्दावन नगरपालिका-२ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





