बहुविवाह मुद्दामा फरार प्रतिवादी पक्राउ



तनहुँ । बहुविवाह मुद्दामा फरार रहेका प्रतिवादी व्यास नगरपालिका-१२ सुपारेडाँडा बस्ने ३४ वर्षीया बिष्णुमाया नेपालीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

बहु विवाह मुद्दामा तत्काल धरौटी दाखिला गरी थुनामुक्त भएकोमा जिल्ला अदालत तनहुँको २०७५ पुस १९ गतेको फैसलाले १ बर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेकी बिष्‍णुमायालाई खोजी गर्ने क्रममा उनकै घरबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

बिष्णुमायालाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्