मन्त्रीहरुलाई प्रधानमन्त्रीले भने : मन्त्रिपरिषद् पुनगर्ठन हुन्न, ढुक्कले काम गर्नुस्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताए ।

हल्लाको पछि नलाग्नुस् पुनगर्ठन हुदैंन उनले मन्त्रीहरुलाई भनेका छन्, ढुक्कसँग आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुस् । प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्