मन्त्रिपरिषद्को बैठक सकियो, अर्थमन्त्री खतिवडाको बेलुकासम्म राजीनामा आउने



Cabinet Meeting of Nepal

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिएका छन् ।

यस्तै बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको छ । एक मन्त्रीका अनुसार खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने बताएका छन् । यस्तै मन्त्रिपरिषद् बैठकमा ओलीले हालसम्मको सहयोगका लागि खतिवडालाई धन्यवाद दिएका छन् ।

नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्माओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका थिए । सोही अनुसार सरकारले गौतमको नाम सिफारिस गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्