
धादिङमा हालैमात्र निकै डरलाग्दो घटना घटेको छ । धादिङको निलकण्ठ नगरपालिका–१३ स्थित खलचेतमा बस्ने ६४ बर्षिया सूर्यबहादुर गुरुङको सोहि ठाउँका २६ बर्षिया राजु परियारद्धारा हत्या भएको छ ।
सूर्यबहादुरको करिब रातको १ बजेतिर भएको थियो । राजुले खुर्पाले टाउकोमा हानेर सूर्यको हत्या गरेको प्रहरीले जनाएको छ ।
राजु आफै सूर्यको टाउको र खुर्पा बोकेर आत्मसर्मपणका लागि पुलिस चौकी पुगेका छन् ।
आन्तरिक विवाद बढ्दै गएपछि साथमा रहेको खुर्पाले काटेर गुरुङको हत्या गरेको परियारले प्रहरीलाई बताएका छन् । घटना हुनुअघि दुवै जनाले मदिरा सेवन गरेका थिए ।
सामान्य विवाद हुँदा गुरुङको हत्या भएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रेग्मीले बताए । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव पोष्टमार्टमको लागि धादिङबेशी पठाइएको छ ।





