करेन्ट लागेर मृत्यु



काठमाडौं । मोरङ, रंगेली नगरपालिका-५ रामघाट जयनपुर टोल बस्ने ५५ वर्षीय राम प्रसाद मण्डलको सोही स्थानस्थित आफ्नै खेतमा पानी पठाउन मोटर जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-१ रुपौलिया बस्ने ५१ वर्षीय देवनारायण थारुको सोही गाउँपालिका फेचुवास्थित बिजुलीको पोलमा चढी बल्ब चेन्ज गर्ने क्रममा करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

करेन्ट लागेर अशक्त भएका थारुको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्