
धनुषा । नगराईन नगरपालिका-९ स्थित जटही चोकबाट अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको प्रति बोरा २५ केजीका दरले २१ बोरा हरियो मटर, ५४ कार्टुन सोफी मदिरा र ४ वटा मोटरसाइकल सहित भारत मधुवनी बस्ने २१ वर्षीय सन्तोष कुमार महतो समेत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त सामानहरू र मोटरसाइकलसहित फेला पारी पक्राउ गरको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





