
काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष सरोज कुमार पाण्डे घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलाबाट खटिई गएको टोलीले मियाँलाई अनुदान स्वरुप रकम प्रदान गर्न सहजीकरण गरदिएको भनी सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको अवस्थामा वडा कार्यालय परीसरबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।





