उपत्यकाको यो स्थानमा आज बिहान ४ बजेदेखि कर्फ्यू, उल्लंघन भए गोली हान्ने आदेश



काठमाडौं – आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यु जारी भएको छ ।

ललितपुरको पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो ।

ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेत शुक्रबार एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको रातोपाटीलाई जानकारी दिए ।

ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतका अनुसार ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्