
हालै कुटपिटबाट घाइते भएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
ढकालले कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको निषेधज्ञा र जनता जोगाउन अहोरात्र सडकमा खटिएको ट्राफिक प्रहरीमाथि त्यसरी सामूहिक रुपमा निर्घात कुटपिट गर्नु अमानविय मात्रै नभई कानुन विपरित समेत भएकोले उनीहरुलाई पक्राउ गरेर कानुनी कारबाही बताए ।
ट्राफिक घिमिरेलाई मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रदर्शनकारीले निकै नराम्रोसँग पिटेका थिए । घिमिरेको हाल ललितपुरस्थित अल्का अस्पतालमा उपचार भैरहेको छ ।