रौतहटका एसपीलाई जिम्मेवारीबाट हटाइयो



काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्कालाई जिम्मेवारीबाट हटाइएको छ । गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा उनको कमजोरी देखिएकाले जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत सिद्धिविक्रम शाहलाई पठाइएको छ ।

सो प्रकरणमा यसअघि नै ३ जना प्रहरी निलम्बनमा परिसकेका छन् । विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि इन्स्पेक्टर नविनकुमार सिंहलाई ३ प्रहरी निलम्बनमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्