युवा व्यवसायी लामिछानेको लोभलाग्दो व्यवसाय, काटेर खान तयार पारिएका पाडा पालेर लाखौँ कमाई



आधुनिक रूपमा कृर्षि र पशुपालन व्यवसाय सञ्चालन गरी आर्थिक सम्वृद्धि रोजगारीमा प्रवर्धन स्थानीय स्रोत र साधनको प्रयोग युवाहरुको विदेश पलायन क्रम नियन्त्रण गर्ने, दुध र मासुमा आत्म निर्भर बनाउने, हरेक कृषकलाई पशुपालनमा उत्प्रेरित गर्ने उद्देश्यले ग्रामीण क्षेत्रमा हुने लैना पाडा पाडीको काटमार पुर्ण रुपमा निशेध गरी संरक्षण सम्वर्धन तथा हेरचाह गर्ने उदेश्यले वानपा १२, १३, १४ समेट्ने गरी बलेवा पशुपालन केन्द्र संचालन स्थापना गरिएको छ ।

उक्त व्यवसायको सुरुवात वाग्लुङ नगरपालिका वडा नं १३ खर्सेडाडा निवासी रमेश लामिछानेले गरेका हुन। २०७५ सालमा आफ्नै दाजुहरूसँग रहेर होटल व्यवसायको सुरुवात पनि गरे होटलमा वेटर देखि म्यानेजर सम्मको अनुभव बोकिसकेका लामिछाने होटल व्यवसाय नै सन्चालन गर्ने उद्देश्यले bachlor तहको शिक्षा पनि hotel management बाटै गर्ने इच्छा राखें साथै Bachelor of hotel management (BHM) NCMT collage Ranibari samakhusi बाट शैक्षिक यात्रा अगाडि बढाए यसरी स्नातकोत्तर तहको शिक्षा हासिल गरेका युवा अहिले पशुपालन तथा कृर्षि व्यवसायमा लागेका छन।

विश्वभर कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि होटल तथा रेस्टुरेन्ट व्यवसायीहरु धरासयी अवस्थामा पुग्न थाले मुलुकभर अधिकांश युवाहरु रोजगारविहिन सॅगै तनावग्रस्त अवस्था सिर्जना हुन थाल्यो । यसरी युवाहरु बेरोजगार हुँदै गएपछि राजधानीवाट ग्रामीण क्षेत्र फर्कन बाध्य भए। गृहजिल्ला वाग्लुङ फर्केका लामिछाने १४ दिनसम्म नियमपूर्वक होम क्वारेन्टाइनमै रहेको बताउनुभयो । यसरी एक महिना काठमाडौं कोठा भित्रै र दुई हप्ता होम क्वारेन्टाइनमा थुनिएर बस्दा निकै दिक्क भैसकेका युवा असहज महसुस ठानेर मुलुकभर सन्चालन भैरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमको जानकारी आफ्नो वडा कार्यलयको फेसबुक पेजबाट थाहा पाएको र सोही कार्यक्रम अन्तर्गत आफूलाई रोजगार लिन वडा कार्यलय सम्म पुगेका थिए ।

यसरी रोजगार लिने क्रममा वडा कार्यलय पुग्दा युवाहरुको अव्यवस्थित भिडभाड पनि थियो सबै रोजगारीका निम्ति आ-आफ्ना कागजात बोकेर लाइनमा थिए । उक्त लाइन निकै लामो थियो । लामिछाने आफूले पनि तोकिएका कागजात बोकेर पछाडी उभिदा लामो समयसम्म आफ्ना कागजात सम्वन्धीत ठाउँमा वुझाउन नसकेपछि कोरोनाको डरसॅगै लामो समय लाइनमा खडा हुदा थकित भएको ठानेर नजिकैको चिया पसलमा थकान मेट्ने क्रममा यसरी भन्दा सोही स्थानमा आफूलाई कसरी व्यवसायी बनाउने भनेर सोच्न थाले ।

वडा कार्यलयका प्रमुख व्यक्तिहरुसँग उक्त रोजगारीमा सट्टा घरमा भएका भैसी, गोरू र बाख्रा आधार बनाएर पशुपालन व्यवसाय दर्ता गराइदिन मौखिक अनुरोध गरे । साथै कार्यलयका प्रमुख व्यक्तिहरुले पनि सकारात्मक लिएपछि वैशाख २५ गते लिखितम रूपमा वडा कार्यलय प्रस्तुत भए यसरी काठमाडौं बाट फर्किएका युवा आफुजस्तै धेरै बेरोजगार युवाहरुलाई रोजगार दिने साहस बोकेर आफूलाई पशुपालन व्यवसायीको रूपमा रूपान्तरण गरे ।

हाल पाडापाडी  ४ वटा भैसी 2वटा गाइ पालि मासिक दश हजार देखि बाह्र हजारका दरले जम्मा ४ जनालाई रोजगार दिएका छन् । साथै आगामी दिनमा अझै पाडापाडीको संख्या वृद्धि गरि अधिकतम् रोजगार सिर्जना गर्ने तयारीमा छन। यसरी लकडाउन सँगै डेढ महिना काम बिहिन रहेका युवा अहिले आफूलाई बिहान ५ बजेदेखि बेलुका ८ बजे सम्म निकै व्यस्त बनाउन सफल भएका छन। पाडा पाडीको संकलन गण्डकी प्रदेश भित्र नयाँ किसिमको व्यवसाय रहेको स्थानीयले बताउँछन् । पछिल्लो समय उक्त व्यवसाय हेर्न आउनेको संख्या वढ्दै गएको छ भने व्यवसाय पुर्ण रूपमा व्यवस्थित नभएको व्यवसायीले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्