
तामाङ समुदायद्धारा आगामी जनगणना २०७८ विषयक अन्तरक्रिया कार्यक्रम जुम मिटिङ मार्फत सम्पन्न भएको छ ।
सोहि मिटिङमा आफ्नो धारणा राख्दै तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले अझैपनि राज्य र सम्बन्धित निकायसँग विश्वसनीय काम नभएको र यस्तो व्यवहार राज्यले अब आउने जनगणनामा दोहो¥याउनु नहुने कुरा राखे ।
सोहि जुम मिटिङमा सहभागी डुण्डिराज लामिछानेले भने, जनगणना सरकार र जनसंख्या तथ्याङ्क शाखाको मात्रा नभएर हामी सबै नेपालीहरुको हो । यसलाई प्रभावकारी बनाउन यसै संघसंस्थाहरु विभिन्न निकायहरु लागेर गुणस्तरीय र तथ्यगत जनगणना गर्नुपर्दछ ।
हाम्रो जनगणना आफ्नो जनगणना भएकाले हामी आफैँ लागि पर्नुपर्ने र यसलाई प्रभावकारी बनाउन जोड दिदैँ डा. मुक्ति लामा भन्छन्, तालिम, कोष्ठि र सेमिनारहरु हामीहरुले सञ्चालन गर्नुपर्दछ र त्यसमा हाम्रो समुदायको उच्च सहभागिता हुनुपर्दछ भन्ने कुरामा जोड दिए ।
मिटिङमा सहभागि प्रध्यापक डा. योगेन्द्र गुरुङ, मोहन गोले तामाङ, डा. मुक्तिसिंह लामा, डुण्डिराज लामिछाने, दिनेश लो तामाङ आदि सहभागि थिए । सहभागिमध्ये अधिकांशले तामाङ थर लेख्नुपर्ने र गणकमा हाम्रो समुदायको मान्छेहरु हुनु पर्नेमा जोड दिएका थिए ।