काभ्रेमा जेठाजुद्धारा बुहारीको हत्या



काभ्रे । प्रहरीले काभ्रेमा बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा जेठाजुलाई पक्राउ गरेको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका-८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई घरयासी विवादमा बन्चरो प्रहार गरेको आरोपमा प्रहरीले जेठाजु पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवीराज पौडेलका अनुसार, बिहीार बिहान ३५ वर्षीया रन्जना तिमल्सिना (अधिकारी) लाई धारिलो हतियार प्रहार गरी जेठाजु सुदर्शन अधिकारीले हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्