मोरङमा जुवातास खेलेको आरोपमा १२ जना पक्राउ



मोरङ । प्रहरीले जुवातास खेलेको आरोपमा मोरङमा १२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, कानेपोखरी ५ चालिसबिघेस्थित एक घरमा जुवा खेलीरहेका अवस्थामा १२ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाका ३६ वर्षीय विमल गुरुङ, ३७ वर्षीय सञ्जीव भघनी, ३६ वर्षीय तारा कुमार जोगी, २८ वर्षीय श्याम लिम्बु र ३८ वर्षीय मनिष लिम्बु छन् ।

त्यस्तै, बेलबारीका ३६ वर्षीय विमल गुरुङ, ५२ वर्षीय चन्द्र लिम्बु, ३७ वर्षीय कुष्ण लिम्बु र लेटाङ ५ का ३१ वर्षीय समिर तामाङ छन् । प्रहरीले जुवाको खालबाट २ लाख ८९ हजार ५ सय ३१ बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्