७० बर्षका बेहुला, ५५ बर्षकी बेहुली– अस्पतालमा प्रेम बसेपछि छोराछोरीले गरिदिए विवाह



भनिन्छ नि, माया अन्धो हुन्छ । माया जो कोहीसँग जहिले पनि बस्छ । मायाले समय, जात, धर्म केहीपनि हेर्दैन । माया बसेपछि बुज्रुक उमेरमा विवाह गरेको घटनाहरु हामीले प्रशस्तै देखेका छौँ ।

यस्तै खालको अनौठो घटना हालै घटेको छ । भारतको मध्यप्रदेशका एक ७० बर्षिया वृद्ध उपचारका लागि अस्पताल भर्ना भएका थिए । त्यहाँ उनले ५५ बर्षकी वृद्धासँग भेट भयो र उनीसँग प्रेम बस्यो ।

यी दुईबिचको प्रगाढ प्रेम देखेर छोराछोरी स्वयमले उनीहरुको विवाह गरिदिए । दुवैजनाको खुसीलाई हेरेर छोराछोरी उनीहरुको विवाह गर्न राजी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्