मेरो टुकी



समिना न्यौपाने

ओइ आइजोन छिटो कुरेको कुरेइ छु माया ले फोनमा भन्दै थिइन । हिंड्न् आटेको छु अब ५ मिनेट ल भनेर फोन काटे र बाबा खाजा बनाएर राखेको छु खाने नि , म आउदा जस्ता को त्यस्तै देखे भने राम्रो हुन्न भन्दै हतार हतार स्कुटर को चाबि लिएर तल झरे स्कुटर चार्ज गरेर १५ मिनेटमा मायाको घरमा पुगे । १५ मिनेट लगाइस भन्दै रिसाइरहेकि थिइ माया देख्नि बितिकै कति राम्री देखेकि आज त, मलाई थाहा थियोे त्यसलै । म नि राम्रो बन्न समय लाग्यो भनेर उसलाई फकाए ।

उ मेरि सबैभन्दा बढी मिल्ने प्यारि साथी , चुलबुले , अति राम्री , जे मा पनि अब्बल एकपटकको भेट्मा उसलाई सबैले छुच्चि , बिग्रेकि केटी को नजर मा हेर्थे , उसले घुडा भन्दा मुनि लुगा सायद जाडो महिनामा मात्र लगाउथि त्यहि पनि पुस र माघ दुइ महिना , उसको बाबा र आमा सरकारि कार्यालयको अधिकृत हुनुहुन्छ । एउटामात्र सन्तान सबै आबश्यक्ता पुरा हुन्छन् उसको । उसको घरमा स्मरण शक्ति गुमाएकि एउटि हजुर आमा हुनुहन्छ ।

जस्लाइ उ सबैभन्दा बढी माया गर्छे, तर आफ्नो आमा र बाबा सङ्ग भने त्यति तालमेल मिल्दैन उसको, बास्तबमा उ भित्री मनको सार्है दयालु र असल मेहेनति ,लगनशील ,लाग्छ कुनै पनि शव्दले बर्णन गर्न सक्दैन उसलाई ,
ओइ के सम्झिराकि हेर त कस्तो राम्रो केटो उ भन्दै थिइ । छ्या मलाइ केहि राम्रो लागेन भुडी हेर्न त्यसको ८ महिना लागेको आइमाईको जस्तो । माया म पट्टि चोर नजरले हेरेर मन्द मुस्कुराउदै भन्छे तलाइ त अब उहाँ बाहेक कोहि किन मन पर्छ र जतिबेला पनि भन्दै उ चुप लागि ।

म उसको हो मा हो भन्दै टाउको हल्लाइ रहे । उ र म हजुर आमाको प्याड लिन बजार गयौं । हेटौंडा बजार , सानो बजार , स्वच्छ अति मनोरम , लाग्छ भगवानले स्वर्गको एक टुक्रा यस धर्तिमा उदाहरणको लागि छोडि दिएका हुन । तर के गर्नु सानो बजार जहातहि चिनेको मान्छे भेटेको भेटेइ हुनि । कति गर्नु नमस्कार , मनै नभए पनि मुख जबर्जस्ती फाटनै पर्ने कहिलेकाही त दिक्क लाग्ने सानो ठाउ भनेर , त्यसैले त हामि मान्छेको category मा पर्छौ नि जे मा पनि असन्तुष्टि प्रकट गर्नमा माहिर भएर ।

हिंड् जाउ चिया खान मात्र के भनेको थिए माया टक्क उभिइ अनि सुरु भै हालि । को बोलेको ? साचि चिया नै कि कफि पिउने हो ? भन्दै जिस्काउन । मकवानपुर बहुमुखी कलेजको छेवैमा मिठो मटका चिया पाइन्छ जस्तो सुकै गर्मि मा भिड लाग्ने गर्छ । अचेल मलाइ त्यो मटका चिया पसल , संगम चोकको गल्लि हिड्नै मन लाग्दैन , संगम चोक मात्र कहा हो र कुनै पनि गल्लि छिर्न मन लाग्दैन , कामै पर्दा मात्रै हो नत्र म माया को घर बाहेक कहि जादिन ।

मुना आज हामि कफि खाउन हुन्न ? उ म सङ्ग कफि को लागि अनुमति माग्दै थिइ अनि मैले हासेर केटी कफि पछि खाउला आज चिया नै पिउन है भनेर उसलाई अङ्गालो मारे । उसले दुइ हात जोडेर सहमति जनाइ माया र
म बिल्कुल फरक धार का छौ , उ पुर्ब जस्ति छे म पश्चिम् जस्ति , उ उदाउँदो सुर्य जस्तो , म अस्ताउदो सुर्य जस्ति ,उ नदि को उद्गमस्थल समान छे भने मेरो गन्तब्य नै छैन, पुस माघ को घाम को मुल्य जस्तो महत्त्वपूर्ण छे उ , म बर्षात को गडकिने खहरे जस्ति तर पनि एक अर्कोका परिपुरक हौ हामि ।

सायद भाग्य को नै लेखा हो नत्र त किन भेट् हुन्थ्यो जिबन को आदि बाटो मा ? छिट्टै घर पुग्यौं हामि त्यसदिन उसको घर पुगे पछि हजुर आमा सङ्ग केहि बेर नबसि जानै मन लाग्दैन । उहा हामि कसैलाई चिन्नु हुन्न तर पनि उहाको स्पर्श ले मलाई मैले कहिल्यै महसुस गर्न नपाएको मेरि आमा को स्पर्श को याद आउ थियोे । हजुर आमाको यस्तो अवस्था को जिम्मेवार माया हजुरबुवालाई दिन्थि । उसको भनाइ अनुसार हजुरबुबा र आमाको बिबाह १० बर्षमा भयो ।

आमा अलि धनि कि छोरि काम केहि नजाने कि , सुख सयल मा हुर्केकि , आजभन्दा ७० बर्ष अघिको उसको घर सार्है कडा , काम धेरै गर्न पर्ने , घर गृहस्थको तारतम्य मिलाउन सक्नुभएन । त्यसपछि तल्लो घारको अर्को बिबाह गरेर फरार । कहाँ जानु भयो कसैलाई थाहै छैन । जम्मा ५ बर्ष बस्नु भयो हजुरबुबा सङ । जसोतसो मजदुरिले चलिरहेको थियोे जिबन । उसको बाबाले जब बिहे गर्नु भयो हजुर आमाको ख्याल गर्ने कोहि भएन । बाबा पनि आफ्नो संसार बसाउन ब्यस्त हुनुभयो ।

हजुरआमालाई एक्लोपनले गाज्दै लगेछ । कसैलाइ थाहा भएन । बिस्तारै रोगले चाप्दै लग्यो । हजुरआमाले आफ्नो सारा जिबन एउटा मान्छेको लागि समर्पित गर्नु भयो । न जबानिको मोज उठाउन पाउनु भयो न दुःखको भारि बिसाउन । कसैको नजरमा मुल्यवान रहनु भएन हजुर आमा मायाको नजरमा बाहेक । उ फेरि अर्को हजुर आमा बन्न चाहन्न थिइ । त्यसैले उ बिहे गर्न मान्दिनथि । उ जिस्किन्थि कसै सँग तर seriously कसैलाई मन मा राखिन हजुर आमा बाहेक । साझ ठिक ७ बजि सकेछ ।

हजुर आमा लाइ दुध र बिस्कुट खुवाएर घर आए । बाबा मेरो बाटो हेरिरहनु भएको रहेछ । बाबा भोक लाग्यो मैले सोधे ? बाबा ले आज कति खान मन छैन आज धेरै रहेछ खाजा भन्नु भयो । के खानु भयो खाजा बाबा भनेको जाउलो भन्नु भयो अनि मैले त आज खिर बनाएको थिए जाउलो कसरी खानु भयो भन्न नपाउदै बाबाले पनि जिस्कदै बनाएर छोडेको मान्छेले नै सोधे पनि के भन्नु त भनेर रिसाको जस्तो गर्नु भयो ।

हाम्रो जिबनमा हामि बाबु छोरि बाहेक कोहि थिएन । हामि रिसाको जस्तो मात्र गर्थें , बुवा मेरो घर बसेको हेर्न चाहनु हुन्थ्यो तर नियतिको लेखा त भिन्दै थियोे । बास्तबमा उहाँ मलाइ आफु जस्तो बेसहारा ,बिबश ,एक्लो भको हेर्न चाहन्न भन्नु हुन्थ्यो । अ नि म पनि हास्दै हजुर लाइ त्यस्तो हेर्न चाहन्न म पनि भन्थे , उहा मैले नदेख्ने गरि आशु पुछ्नु हुन्थ्यो हत्केलाले म पनि संगै मेरो आशु पुछिरहेको हुन्थे औलाले । बाबा लाइ औषधि दिएर म पनि आफ्नो कोठामा आए ।

बचपन र बुडेसकाल उस्तै हुदा रहेछन् तर बचपन सार्है प्यारो हुन्छ भने बुडेसकाल सार्है गाह्रो । न जन्मदा सग हुन्छ न मृत्यु संगै आउछ बीचको केहि समय जिबन साथिको साथले कहाँ बाट कहाँ पुर्याउछ जिन्दगी मेरि आमा बाहुन कि छोरि दमाइ सङ्ग बिहे गर्नु भएको , कति चोखो प्रेम वहाहरुको कसैले रोक्न सकेन भागि बिबाह गरेर नुवाकोटबाट बसाई सरेर हेटौंडा जानु भएको रे तर दैबको नै आखा लागे पछि कसको के लाग्छ र ।

म जन्मेको १८ महीनामा मेरि आमा लाइ क्यान्सर ले लग्यो रे बाबाले भन्नुभएको । आमाको माइती पट्टिको सम्झना स्वरूप आमा के हजुर आमाको तस्बिर लेराउनु भएको रहेछ । बाबा पट्टिको बाबा मात्र एक सन्तान भएकोले बंश नै सकिसकेछ । बाबाको आफ्नो ग्रीलको पसल थियो हासि खुसि थियौ हामि अनि सुन्दर थियोे रे हाम्रो सानो परिवार ।

आमाको क्यान्सरको उपचारमा हाम्रो अलि अलि भएको सम्पति पनि सकियो । आमा पनि जानु भयो । बाबा लाइ अर्को बिहे गर्ने मन लागेन रे ,आफ्नो मुटुमा सजाएको रानि लाइ दैबले खोसे पनि आफ्नो मायाले मनको सिंहासनमा राखिरहनु भयो । कति छन मनमा गाँठो यहि आँसुको साहारा छ । कहिलेकाही लाग्छ मुलनै पो फुट्योकि केहो ? आसु त बगेको बगेइ गर्छ । आफ्नो अभिभावकको भाग्य सन्तानमा नि सर्छ ।

भन्थे आफै लाई हेरेर हो जस्तो लाग्छ । बाले आमाको स्थान अरुलाई दिननसकेको जस्तै मैले नि लाखौं कोशिसको बाबजुद पनि मेरो राजाको स्थान अरुलाइ दिन सकिन । मेरो आशु भित्रको खुशी अनि मुस्कान भित्रको दर्द उसैलाई समर्पित । बैशाख २०, आज पुरा २ बर्ष बितेछ । तिमिसङ्ग मैनतामा बात गरेको । आज दिन भरिको भागदौडले फेसबुकमा नजर नि पुर्याएको थिइन तिङ्ग सन्देशले झसङ्ग बनायो । newsfeed हेर्दै थिए २ बर्ष अघि को पोस्ट पो देखायो मन मस्कियो ।

आज को दिन, आज पनि मलाइ उतिकै खास लाग्छ जति २ बर्ष अघि लाग्थ्यो । आज कै दिन म उ सङ्ग भेटीएको अनि छुट्टीएको पनि । थाहा छैन उ कहा छ के गर्दैछ तर यती थाहा छ जहा छ खुसि छ । र म सधै उसको खुसिको कामना गर्छु । उ सङ्ग बिताएका त्यो ५ बर्ष अत्यन्तै सुन्दर रहे मेरा जुन सधैं अन्तस्करणमा टल्कने छ हिरा बनेर । उसको मोटरसाइकलको पछि बसेर पुगेका ति स्मारक ,पुन्यक्षेत्र ,पाथीभरा मन्दिर , मनकामना मन्दिर , नारायणी पुल गोदावरी अनि धुलिखेल आज पनि उतिकै याद आउँछन् ।

थाहा छैन हामि बिच के थियोे तर आकर्षण मात्र बिल्कुल थिएन , उ त मेरो जिबन थियोे , कहिलेकाही उसको ब्यवहारले लाग्थ्यो कि उसले पनि मलाइ माया गर्थ्यो । किनकि एकाध उसले मलाइ भनेको थियोे कि उसको पारिवारिक जिबन र सामाजिक जिबनमा उ यती ब्यस्त थियोे कि आफ्नो ब्यक्तिगत जिबन नै भुल्थ्यो । र म त्यहीँ ब्यक्तिगत जिबनमा समाहित थिए ।

त्यसैले त म पनि भुले । अक्सर मान्छे free हुदा त सम्झन्छ नि कसैलाई । सबैले मलाई सहज हुदा सम्झन्थे । ब्यस्ततामा त उ मात्र याद गर्थ्यो मलाइ । तर पनि उ आफ्नो पारिवारिक र सामाजिक जिब मा यसरि अल्झियो कि मेरो ब्यक्तिगत जिबन बाट नै छु मन्तर भयो । उ बाहुनको छोरा म दमाइको छोरि सायद ……  तर पनि मलाई उसङ्ग कुनै गुनासो छैन । म उसको जिब को नदेखिने अंग बने खुशी छ मलाई त्यसैमा । उ जस्तो मान्छे कहिले भेटिन जीवनकालमा, न भेट्न् चाहन्छु नै ।

त्यसैले होला हर ब्यक्तिमा कमि देख्छु । म चाहे शारीरिक होस चाहे बौद्धिक । उ मलाई याद गर्छ कि गर्दैन , कहा छ थाहा छैन तर उ सधैं मेरो मानस पटलमा मेरो शिबजि बनेर शोभायमान रहने छ । मायाको फोन आयो ठिक १२ बजेको थियो । उ रुदै भन्दै थिइ हजुर आमाले संसार छोडनु भयो ।

मेरो टुकि निभ्यो । अचानक शरीर काप्न थाले , सास रोकेको जस्तो भयो, शरीरको तापक्रम बढन थाल्यो , चिट चिट पसिना छुटे , मलाई सास फेर्न सार्है समस्या भयो उसको यादले घाटि थिच्यो । छामछुम छामछुम गरेर बल्ल बल्ल Rota cap र cipla भेटे । एक पफ ले बाच्छु अब भन्ने हौसला दिलायो । जसरि उसको म छुनि नडरान कालि भन्ने शव्द ले दिलाउथ्यो । मेरो साहसको टुकि बल्यो । उसबेला पनि बल्थ्यो । आज पनि बल्छ । सधै बल्नेछ । जब सम्म म सास फेर्नेछु । मायाँलाई फोन गरे सान्त्वना दिन !!!!!

 

प्रतिक्रिया दिनुहोस्