मरे उतै मरौंला भन्दै धमाधम भारततिर



काठमाडौं । देशमा गुजारा चल्न नसकेपछि सुदूरपश्चिम नाका हुँदै नेपालीहरु धमाधम भारततिर जान थालेको खबर बिहीबारको कान्तिपुर दैनिकमा मुख्य समाचारका रुपमा छापिएको छ । उनीहरु भन्छन्, ‘यहाँ के खाने ? काम केही पाइँदैन, आफैं केही गर्न सकिने अवस्था पनि छैन । मरे उतै मरौंला ।’

दिनेश विक सुर्खेतमा बसेर एक कम्पनीमा काम गर्दै लोक सेवा आयोगको तयारी कक्षा लिइरहेका थिए । लकडाउनका कारण जागिरले निरन्तरता पाएन, आयोगको परीक्षा पनि रोकियो । त्यसपछि उनी रुकुमपश्चिम घर फर्के । ‘चैतदेखि घरको मानो खाएर बिनाकाम बस्नुर्पयो,’ २४ वर्षीय दिनेशले भने, ‘गाउँमा साथीहरू स्याउ टिप्न सिमला जाने भए । म पनि उनीहरूसँगै मिसिएँ ।’

भदौ सुरु भएसँगै दिनेश जस्तै सयौँ नेपाली युवा भारत जाने क्रम सुरु भएको हो । सुदूरपश्चिममा महत्त्वपूर्ण मानिने ओल्के संक्रान्ति मनाएपछि युवा बाहिरिन थालेका हुन् । विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै युवा नाकासम्म पुग्ने गरेका छन् । एक सातायता भारत जानेको लर्को बढेको त्रिनगर–गौरीफन्टा नाका सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक भूपाल थापाले बताए । बुधबार मात्रै १ सय ८७ जना भारत लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्