प्रचण्ड वालुवाटारबाट निस्किएलगत्तै ओलीले गौतमलाई किन बोलाए सुटुक्क ?



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षय केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बुधबार साँझ भेटवार्ता भएलगत्तै उपाध्यक्ष वामदेव गौतम र ओलीबीच गोप्य भेटवार्ता भएको छ ।

प्रचण्ड वालुवाटारबाट निस्किएलगत्तै उपाध्यक्ष वामदेव गौतम सवा सात बजे बालुवाटार पुगेका थिए । गौतमले राष्ट्रियसभामा जाने बताएपछि प्रधानमन्त्री ओलीले उनलाई फकाउन वालुवाटार बोलाएको स्रोतको बताएको छ ।

ओलीले गौतमलाई राष्ट्रिय सभामा जाने कुरा छाड्न र प्रतिनिधिसभामै चुनाव लड्न आग्रह गरेपनि गौतमले फागुन १४ को निर्णय कार्यन्वयन गर्न ओलीलाई स्मरण गराएका थिए ।

प्रधानमन्त्री ओली राष्ट्रियसभाको रिक्त सीटमा अर्थमन्त्री डा. युवराज खतिवडालाई लैजान चाहन्छन् भने पार्टीले गौतमलाई पठाउन निर्णय नै गरिसकेकाले निर्णय कार्यन्वयन गर्नुपर्ने पक्षमा प्रचण्ड छन् त्यस्तै उपाध्यक्ष गौतम आफूलाई मनोनित गर्नुपर्नेमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्