वामदेवबारे सचिवालयमा छलफल गर्न ओली र प्रचण्ड सहमत



kp_oli_prachanda

काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बस्ने सचिवालय बैठकमा बामदेव गौतम र युवराज खतिवडाको विषयमा छलफल गर्ने सहमति भएको छ ।

उनीहरुबीच रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने वा युवराज खतिवडा भन्नेमा मतभेद रहँदै आएको छ । पार्टीले गौतमलाई पठाउन निर्णय नै गरिसकेकाले निर्णय कार्यन्वयन गर्नुपर्ने पक्षमा प्रचण्ड छन् भने ओली गौतमले सो पद यसअघि नै अस्वीकार गरेकाले युवराज खतिवडालाई सिफारिस गर्ने पक्षमा छन् ।

बुधबार बेलुका दुई अध्यक्षबीच दुई घण्टा भएको भेटवार्तामा कार्यदल प्रतिवेदन, राष्ट्रिय सभा सदस्य पदमा सिफारिस गर्ने व्यक्ति लगायतमा छलफल गर्ने सहमति भएको हो । सचिवालय बैठक अघि ओलीलाई भेट्न प्रचण्ड बुधबार ५ बजे बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्