
झापा । शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई बृक्षरोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको छ । घाँटी काटिएको अवस्थामा स्थानीय २८ वर्षीय गोमानसिंह मगरकोशव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।
प्रारम्भिक जाँचमा घाँटी काटिएको पाइएको छ, अन्य चोटपटकबारे पोष्टमार्टमपछि नै थाहा होला कोइराला भने ।





