विजयप्रकाश मिश्रले भने : “म भागेको हैन, रेकर्डिङ डिभाइस लिन जापान आएको हुँ”



काठमाडौं । तत्कालिन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ मागेको अडियो खुलासा गने विजयप्रकाश मिश्रले आफू नभागेको बताएका छन् ।

मिश्रले रकर्डिङ डिभाइस मैले अख्तियारमा बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा लिन जापान आएको दाबी गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै मिश्रले भनेका छन् , नेपाल फर्किने फ्लाइट निश्चित भइसकेको अवस्थामा भागेर जापान गयो भनी प्रचार गरियो । म फरार भएको भनी गरिएका प्रचारहरु गलत हुन् ।

केही पत्रकार साथीहरुले अतिरञ्जित गरी समाचार सम्प्रेषण गर्नु भनेको आफूले गरेको पत्रकारितामाथि विश्वास नगर्नु मिश्रको भनाइ छ । सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आक्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्रिन चरित्र नै हो मिश्रले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

कुनै पनि राजनीतिक व्यक्ति वा सर्वसाधारण भ्रष्टाचारजस्तो राज्यविरुद्धको जघन्य अपराधबाट उम्कन नसक्ने बताउदै मिश्रले आफूले गरेको सबै ठिक, अरुले गरेको सबै बेठिक भन्नेले आफ्नो आङमा हात्ती नदेख्ने र अर्काको आङमा जुम्रा देख्ने प्रवृतिबाट चोखो रहन नसक्ने बताएका छन् ।

शक्ति र पैसाको आडमा गरिने चाटुकारिता क्षणिक हुने र अन्त्यमा सत्यको नै जित हुने कुरामा विश्वस्त रहेको मिश्रले बताए । उनले भनेका छन्, केवल न्यायलाई विचलित पार्न र अनुसन्धानलाई फितलो पारेर जनाताको ध्यान अन्यत्रै मोड्न गरिएको प्रपोगान्डा हो ।

प्रतिक्रिया दिनुहोस्