डा. भोला रिजालले भने, ‘हामी दुबै कोरोना संक्रमित भएका छौँ तर थोरैपनि भयभित छैनौँ’



केहीदिन अघिमात्र डा. भोला रिजाल र उनकी श्रीमतीमा कोरोना भाइरस पुष्टि भएको थियो ।

यतिबेला भोला र उनकी श्रीमतीको ह्याम्स अस्पतालमा उपचार भैरहेको छ । भोला रिजालले कोरोना पोजेटिभ देखिएको भएपनि आफूहरु कत्तिपनि नडराएको बताएका छन् ।

भोला रिजालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूहरु नआत्तिएको र अरुलाई पनि सुरक्षित रहन आग्रह गरेका छन् । यतिबेला उनको स्टाटस सामाजिक सञ्जालमा चर्चामा छ ।

बुधबार आफ्नो फेसबुक अकाउन्टमा भोला रिजालले श्रीमतीसँगको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘हामी दुबै आज कोरोना संक्रमित भएका छौं तर थोरै पनि भयभित छैनौं । हामीलाई मात्र होइन, सबैले अरुलाई पनि हौसला दिऔं । संक्रमितहरुको मनोबलका साथै स्वास्थ्यकर्मी जो आफ्नो जीवन राष्ट्रको लागि समर्पण गरिरहेका छन्, सबैलाई सलाम छ ।’

प्रतिक्रिया दिनुहोस्