लकडाउनको समयमा दाङमा १६ बर्षभन्दा मुनिका ९ बालबालिकाले गरे आत्महत्या



कोरोनाका कारण अहिले संसार कहालीलाग्दो बनेको छ । नेपालमा पनि दिनप्रतिदिन स्थिति भयावह बन्दै गइरहेको छ । सरकारले कोरोना नियन्त्रण गर्न धेरै समय लकडाउन गर्यो । तर लकडाउनमा आत्महत्या गर्ने मानिस ह्वात्तै बढे ।

यस्तै दाङमा लकडाउनको समयमा १६ बर्ष मुनिका बालबालिकाले आत्महत्या गर्ने क्रम निकै बढ्यो । विगतमा दाङमा बालबालिकाले आत्महत्या गरेको खासै सुनिएको थिएन ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लकडाउनयता १६ वर्षमूनिका ९ बालबालिकाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार चैतमा एक, वैशाखमा दुई, जेठमा एक, असारमा दुई, साउनमा दुई र भदौको आधाआधी बित्दा एकजनाले आत्महत्या गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्