
जनकपुरमा हालै एक महिलाले एकैपटक ४ वटा बच्चालाई जन्म दिएकी छिन् ।
धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् ।
प्रसूतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रिया मार्फत ती बच्चाहरु निकालेकी थिइन् ।
एउटा महिलाले एकैपटक ४ वटा बच्चा जन्माउनु आफैमा अचम्मको कुरा हो । अरमानले ३ छोरी र एक छोरा जन्माएकी हुन् ।
शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको छ ।





