नेपाली काँग्रेसलाई सिम्तामा झट्का, वडासदस्य सहित १ सय ३ जनाले गरे नेकपा प्रवेश



खगेन्द्र हमाल

सुर्खेत । नेपाली कांग्रेसलाई सिम्तामा झट्का लागेको छ । नेपाली काँग्रेसबाट निर्वाचित वडासदस्य नै नेकपामा प्रबेश गरेपछि कांग्रेसलाई झट्का लागेको हो । कर्णाली प्रदेशको स्थानीय तह सिम्ता गाउँपालिकामा नेपाली काङ्ग्रेस परित्याग गरि १०३ जना नेकपामा प्रवेश गरेका छन् । वडा नम्बर ६ बाट नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य आइती लुहारसँगै १ सय ३ जनाले नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका हुन ।

संघीय सांसद धुर्ब कुमार शाही र प्रदेश सांसद ठम्मर विष्टले नवप्रवेशीलाइ स्वागत गर्नु भएको थियो । सिम्ता गाउँ कमिटीको वडा नम्वर ६ मा भएको नेकपाको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सोमवार नेपाली काङ्ग्रेसबाट धमाधम नेकपा प्रवेश गरेका थिए । नवप्रवेशीहरुले देशमा ७ दशक बढी नेपाली कांग्रेस सत्तामा भएपनि नागरिकका आधारभुत आवश्यकता प्रती व्यवास्ता गरेको र अब काङ्ग्रेसबाट देश बिकासको संभावना नभएकोले छिटोभन्दा छिटो काङ्ग्रेसको विकल्प खोज्नुपर्ने आरोप लगाएका थिए । कार्यक्रमका प्रमुख अतिथि शाहीले अब नेपाली जनताको आधारभुत आवश्यकता नेकपाले मात्रै पुरा गर्ने भएकोले नेपाली काङ्ग्रेसका साथिहरुलाई पनि नेकपामा प्रवेश गर्न अनुरोध गर्नुभयो ।

नेकपा विरुद्ध जति नै कुप्रचार हल्ला फिजाए पनि कुनै तुक नलागेको अर्को कार्यक्रमका विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टीका प्रभावसाली युवा नेता ठम्मर विष्टको भनाइ रहेकोे थियोे । नेपाली कांग्रेस पार्टीबाट नेकपा प्रवेश गरिरहेका नवआगुन्तकलाई सहि ढंगले व्यवस्थापन गर्ने उहाँको भनाई छ । कार्यकर्ता भेटघाट कार्यक्रममा जिल्ला कमिटी सदस्य नेत्र महतारा, गणेश विक, गाउँ कमिटी अध्यक्ष कविन्द्र कुमार केसी, सचिव झुववहादुर वुढाले धारणा राख्नु भएको थियोे ।

वडा नंम्बर ६ को ठिग्नि टोलबाट ईश्वर वुढाको नेतृत्वमा १५ जना, गजौड टोलबाट ईख टमाटाको नेतृत्वमा ६४ जना, लिसि डाँडाबाट वडा सदस्य आइती लुहारको टिम सहित १२ जना र काप्रीचौरबाट प्रेम विकको नेतृत्वमा १२ गरि १ सय ३ जनाले नेकपा पार्टी सदस्यता लिएको सचिव झुव वहादुर वुढाले जानकारी दिनु भएको छ । वडा कमिटी अध्यक्ष ललित सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मोतिराम विकले गर्नुभएको थियोे । सो अबशरमा कार्यक्रममा सहभागीहरुलाई मास्क र सेन्टराइजर वितरण गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्