
वीर अस्पतालका ७१ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्राप्त जानकारी अनुसार संक्रमितहरुमा विशेषज्ञ चिकित्सक, नर्स, ल्याबका कर्मचारी, फर्मासिष्ट, सरसफाई कर्मचारी रहेका छन् ।
यस्तै अस्पतालका कर्मचारीहरुमा कोरोना भटाभट देखिन थालेपछि आज देखि नै अस्पतालको ओडिटी सेवा बन्द गर्ने तयारी भैरहेको छ ।





