
आफ्ना देशका नागरिकका लागि दक्षिण कोरियाली सरकारले दोस्रो पटक रकम बाड्ने भएको छ ।
दक्षिण कोरियाका अर्थमन्त्रीले सरकार र सत्ताधारी पार्टीले केही परिवारलाई रकम बाँड्नुपर्ने बताएका छन् । कोरोनाभाइरसका कारण लागू गरिएको नियमले अर्थव्यवस्थालाई क्षती पुर्याएको भन्दै यसो गर्न अत्यावश्यक भएको उनको ठहर छ ।
यसअघि पनि कोरियाली सरकारले मे महिनामा रकम वितरण गरेर कोरोनाको जोखिमबाट आफ्ना देशको नागरिकलाई बचाएको थियो ।





