देशप्रतिको प्रेम



अमित संग्रौला

देशलाई सम्झिए

माटोलाई सम्झिए

भूगोललाई सम्झिए

पृथ्वीनारायण शाहलाई सम्झिए

आज

मलाई देशको माया लागेको छ

हो, म तिम्रै माटोमा हुर्केको छु

बढेको छु

म आफ्नै स्वदेशको हावा

खाएको छु पानी पिएको छु

हे

धर्तीमाता

म तिमी भन्दा पर जान सक्तिन

मलाई देशको प्रेम छ

नेपाल नेपालीहरुको माया छ

मलाई प्रकृतिसँग प्रेम छ

बुद्धको देश छ

सगरमाथाको देश छ

सिता जस्ती पबित्रता नारी भएको

मेरो देश हो

आज मलाई

तन दुखेको छ

मन देखेको छ

हो, मलाई असाध्यै देशको माया छ

तिमी नै मेरो

प्रियसी र प्रियतम हौ

देश भन्दा पर

कुनै भेष छैन

हो, तिमी हास्दा

म हाँस्छु

तिमी रुदा

म पनि रुन्छु

मेरो देश

अनि म छु

तिम्रो मायाले गर्दा

देशभक्तको भावनाले ओतप्रोत

भएको छु

बीच सडकको डिलमा बसेर

मेरो देशलाई हेरिरहेको छु

अनि सोच्दैछु

मेरो देश कति

सुन्दर शान्त र गम्भीर छ

हो आज मलाई

देशप्रति अथाह प्रेम छ।।।।

 

प्रतिक्रिया दिनुहोस्