पार्टी नेतृत्वप्रति बाग्मती प्रदेश अध्यक्ष दाहालको कटाक्ष…



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश(३ नम्बर प्रदेश)का अध्यक्ष नारायण दाहालले व्यङ्ग्यात्मक ढगंले पार्टीको नेतृत्वलाई  जनता र नेताबिचको दुरी बढेको बताएका छन् ।

नेपालका कम्युनिष्टहरुमा एउटा कुनै कुरा चित्त नबुझे त्यसलाई पूर्णतः गलत र एउटा गुण राम्रो लागे त्यो पूर्णतः ठीक ठान्ने प्रवृत्ति छ, त्यो द्धन्द्धवाद होइन, अधिभूतवाद हो । तेस्रो, कम्युनिष्टहरु आलोचनात्मक र क्रान्तिकारी हुन्छन् । एक पत्रकारले माक्सलाई सोधे, ‘तपाईलाई सबैभन्दा मनपर्ने शुत्रवाक्य के हो ?’ माक्सको जवाफ थियो, ‘हरेक कुरामाथि शंका गर ।’ आलोचनात्मक चेतबाट कुनै पनि वस्तु वा घटनाक्रमको अध्ययन गर्नु माक्सवाद हो । तर, त्यो आलोचना ध्वंशका लागि होइन, सिर्जनाका लागि हुनुपर्छ । त्यो आलोचना अग्रगति र सामाजिक रुपान्तरणका लागि हुनुपर्छ । तर, हामीकहाँ मन परे अन्धसमर्थन र मन नपरे ज्यान फालेर विरोध गर्ने प्रवृत्ति संस्कृतिकै रुपमा हुर्किएको छ, जुन माक्सवादी मान्यताभित्र पर्दैन । चौंथो, कम्युनिष्टहरु नास्तिक हुन्छन, उनीहरु कुनै पनि धर्मको पक्ष वा विपक्षमा उभिँदैनन् ।

एउटा असल कम्युनिष्ट कस्तो हुन्छ, उसले परिवार, समाजदेखि राष्ट्रिय जिम्मेवारीसम्म गर्ने व्यवहार कस्तो हुन्छ रु एउटा कम्युनिष्टले धर्म, संस्कृति, परम्परा र संस्कारहरुबारे कसरी सोच्दछ ? चिन्तनदेखि व्यवहारसम्मका श्रृङ्खलामा उसले आफूलाई कता र कसरी उभ्याउँछ ? कम्युनिष्टहरु जनमतमा शक्तिशाली भएर पनि संस्कृति र आचरणमा स्खलित भएको नेताहरु, कार्यकर्ता र जनताप्रति अनुउत्तरदायी बन्दै जनताहरुसँग भेटघाट नगर्ने ? नेतृत्वमा रहदाँखेरि आफू खुसी मनमर्जी ढगंले आफ्ना गतिविधीहरुलाई परिचालन गर्नेे ? कार्यकर्ता र जनताप्रति उत्तरदायी नभएको आफ्ना नजिकका आसेपासेहरुलाई मात्र कार्यकर्ता देख्ने र तिनै कार्यकर्ताहरु मार्फत जनतालाई परिचालन गर्न खोज्ने ? नेतासँग भेटघाट नै नभएपछि जनताहरुको मनस्थिति नै बद्लिने र नेता र जनताबिच ठूलो दरार पैदा हुदैँ गएको हो कि भन्ने उनको स्टाटसको भाव बुझिन्छ ।

हिजो नेता र जनताहरुबिच सिधा सम्पर्क हुदाँखेरि दुवैको त्यहि खालको सोच बन्ने गर्दथ्यो तर आज बिचौलिया र नेताका दलालहरुलाई भेट्दाखेरि जनताको पनि त्यहि खालको सोच र चेतना बढ्दै गएको व्यङग्य गर्दै अध्यक्ष दाहाल सामाजिक सञ्जाल (फेसबुक) स्टाटसमा लेख्छन्,:

हिजो जनताको पहुँच नेतासँग सिधा थियो सोच त्यस्तै बन्थ्यो, आज पहुँच अर्कैको बन्नपुग्यो । वस्तुले चेतनाको निर्धारण गर्छ । माक्सवादी मान्यता….

 

प्रतिक्रिया दिनुहोस्