
काठमाडौं । केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनामा कोरोना पुष्टि भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।
जेलर सापकोटाका अनुसार कञ्चनपुर घर भएका ४० वर्षीय ती पुरुषको उपचारको क्रममा सोमबार साँझ मेगा अस्पतालमा मृत्यु भएको हो ।
अन्य दुई जनाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बझाङ घर भएका पुरुषको ५ भदौम पीसीआर परीक्षणमा नेगेटभ रिपोर्ट आएको थियो ।





