रौतहटका एक युवकको भारतमा गोली हानी हत्या



रौतहट । रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ । इशनाथ नगरपालिका ७ घिउरा गाउँका ३५ वर्षीय दिनदयाल साहको गाली हानी हत्या गरिएको हो ।

सिमावर्ताी भारत बिहार घोडाशहन थानाक्षेत्र अन्तरर्गत लैन बंसवरिया गाउँ नजिकै पोखरी छेउमा साहको कन्चटमा गोली हानी हत्या भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

मृतकको शव भारत मोतिहारी अस्पतालमा पोष्टमार्टमका लागि भारतीय प्रहरीको सहयोगमा लगिको प्रवक्ता श्रेष्ठले बताए । हत्याको कारण भन्ने खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जनाएको भछ ।

प्रतिक्रिया दिनुहोस्