४ महिना देखि बेपत्ता नेपालका लागि बेलायतका पूर्वराजदूत मोरिसको शव फेला



बेपत्ता भएको झण्डै ४ महिनामा नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ ।

मर्निङ वाकका क्रममा गत मे ६ तारिखमा बेपत्ता भएका मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

सन् २०१५ देखि ४ वर्ष नेपालका लागि बेलायती राजदूत रहेका मोरिस नेपालपछि बेलायत सरकारले फिजीमा ब्रिटिश हाइ कमिश्नरको रुपमा नियुक्त गरिको थियो । तर, आफनो कार्याकाल सम्हाल्नु अघि नै उनी बेपत्ता भएका थिए ।

मोरिस सन् २०१३ देखि २०१५ सम्म बेलायतको विदेश मन्त्रालयमा प्यासिफिक डिपार्टमेन्ट प्रमुखको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्