बामदेव गौतम अबको उपप्रधान र अर्थमन्त्री बन्नुहुन्छ : जनार्दन शर्मा



काठमाडौं । नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी उपाध्यक्ष बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने तयारी भइरहेको खुलासा गरेका छन् ।

उनले सचिवालय बैठकले कार्यदलको सुझाव कार्यन्वयनका लागि छलफल गरेर निर्णय गर्ने भन्दै गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने दाबी गर्दै आगामी भदौ १८ गते बस्ने सचिवालय बैठकले ठोस निर्णय गर्ने बताए ।

राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य बनेर २ वर्ष मन्त्री भएका खतिवडा भदौ २१ गतेपछि फेरि राष्ट्रिय सभामा सिफारिस हुन्छन् कि हुन्नन् भन्नेमा आशंका उब्जिएका बेला शर्माले यस्तो खुलासा गरेका हुन् ।

गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा सिफारिसका प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो। तर सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गर्दै आएका छन् ।

अर्थमन्त्री युवराज खतिवडालाई फेरि राष्ट्रिय सभामा सिफारिस गर्न संकेत देखाएका छन् । नेपालको संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछ।

प्रतिक्रिया दिनुहोस्