
मन्त्रिपरिषदको बैठकले असोज १ देखि अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । दैनिक बढीमा ८ सय यात्री हुने गरी अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ ।
पहिला ५ सय ल्याउने भनेकोमा अहिले ८ सय ल्याउनेगरी थप गरेको जानकारी छ ।
यस्तै नेपालमा परिवारका सदस्य विरामी भएका वा मृत्यु भएमा गैर आवासीय नेपालीलाई नेपाल आउन अनुमति दिने निर्णय भएको छ । वैदेशिक रोजगारीमा नेपाली गएका देशमा पिसिआर परिक्षण नहुने देशबाट नेपाल आउन भने अनुमति नदिने निर्णय गरेको छ ।





