
काठमाडौं । सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायात साधन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गदै सकरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेदेखि नै सञ्चालनमा आउने उनले बताए ।





