‘अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्र’ का अध्यक्ष हस्तबहादुर केसीद्धारा इब्रु तिम्तिकप्रति श्रद्धाञ्जली अर्पण



अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले इब्रु तिम्तिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

२३८ दिनको भोक हड्तालका कारण कानून व्यवसायी तथा मानव अधिकारकर्मी इब्रुको ४२ बर्षको उमेरमा निधन भएको हो ।

इब्रुलाई टर्किस फासीवादी सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो । त्यतिमात्र नभएर आमूल परिवर्त, न्याय र समानताको पक्षमा आवाज उठाउँदै आएकी इब्रुलाई टर्किस फासीवादी सत्ताले प्रतिबन्धित पार्टी रिभ्यल्सनरी पिपल्स लिबरेशन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै करार समेत गरेको थियो ।

इब्रुको असामयिक निधनले सबैलाई दुखी बनाएको छ । यस्तै विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्र, काठमाडौँले इब्रुप्रति समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्